उर्लाबारी । उर्लाबारी जेसीजको २४ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह आईतबार संम्पन्न भएको छ ।
उर्लाबारी जेसीज बर्ष २०२१ का अध्यक्ष अशोक धिमालको अध्यक्षता तथा प्रदेश १ का आन्तरिक मामीला मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जेसीज परम्परा अनुसार बर्ष २०२२ का लागि नवनिर्वाचित अध्यक्ष तारानाथ दाहालसहितका कार्य समितिलाई पदस्थापन गरीएको थियो ।
सोही समारोहमा बर्ष २०२१ का अध्यक्ष धिमालले आफनो कार्यकालमा सहयोग पुर्याउने कार्य समितिका आधा दर्जन क्षेत्रमा उत्कृष्ट कार्य समितिका सदस्य, स्थानिय संघ–संस्था तथा अन्य जेसीज शाखाका अध्यक्षहरुलाई स्मृति उपहार प्रदान गरेका थिए भने बर्ष २०२२ का अध्यक्ष दाहालले उर्लाबारी जेसीजको विधान अनुसार कानुनी सल्लाहकार संन्दिप पौडेल, महासचिवमा निशान भट्टराई, कोषाध्यक्ष सनम श्रेष्ठ र सचिवमा भूपाल काफलेलाई मनोनय गरी समितिलाई पूर्णता दिएका छन् ।