नेपाली कांग्रेसका नेता मचिन्द्र शेर्माले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ देवदुत चोकको हिमाली आधारभुत विद्यालयमा एक कार्यक्रमको आयोजना आफ्ना बुवा आमाको स्मृदिवस मनाएका छन् ।
सो विद्यालयको संस्थापक अध्यक्ष समेत रहेका शेर्माका बुवा हंशवीर शेर्माको १६ औ स्मृती दिवस भव्य कार्यक्रमको आयोजना गरि शेर्मा परिवारले मनाएका हुन् । उनले आमा नुतनको पनि सो कार्यक्रममा स्मरण गरेका थिए । २०३५ सालमा स्थापना भएको सो विद्यालयको व्यवस्थापन समितिको मचिन्द्रका बुवा हंसवीर शेर्मा अध्यक्ष थिए । बुवाकै नेतृत्वमा स्थापना भएको विद्यालयलाई स्वर्गारोहण पछि वर्षेनि विविध कार्यक्रम गर्दे उहाँको स्मरण गरिएको मचिन्द्रले बताएका छन् ।
काठमाण्डौ झापा सम्पर्क समितिका उपसभापति समेत रहेका शेर्मा नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार फोरमका केन्द्रिय सहसचिव हुन् । नेपाली कांग्रेसको १४ औ राष्ट्रिय महाधिवेसन प्रतिनिधिका लागि शेर्माले सर्वाधिक मत पाएर महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएका थिए ।
कोरोना कहरका कारण शेर्मा परिवारले अघिल्ला दुई वर्ष विद्यालयमा कुनैपनि कार्यक्रम गर्न नपाएको मचिन्द्र पत्नि लोचनाले बताइन् । उनले भनिन्,‘ अघिल्ला वर्षलाई समेत समेट्ने गरि यो वर्ष धुमधामका साथ बुवाको १६ औ स्मृति दिवस मनाएका हौं ।’
शेर्मा परिवारले विद्यालय हातामा विद्यार्थी खेल्नका लागि फलाममे पीङ समेत निर्माण गरेका छन् । यस्तै विद्यालयका विद्यार्थीलाई पोशाक, जुत्ता, मोजा, मास्क र शैक्षिक सामग्री प्रदान गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक सन्त मावोका अनुसार शेर्मा परिवारको वर्षेपिच्छेको यो रचनात्मक कार्यक्रमले विद्यार्थीलाई थप आकर्षित गरेको छ । उनले भने,‘विद्यालयमा नियमित आउन यो कार्यक्रम पुल बनेकोे छ ।’ शेर्मा परिवारले विद्यालयमा कार्यक्रम गर्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या पनि थपिएको र ड्रप आउट समेत रोकिएको प्रधानाध्यापक मावोले बताए ।