झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दूई जनाको मृत्यु भएको छ । झापाको, झापा गाउँपालिका-१ रसुनामा हिजो बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका -५ बाराका २२ बर्षिय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका साँढे ७ बजे बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ४ त ७६६७ नंम्बरको ट्याकटर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा सोही ट्याकटरको सह चालक मिया घाईते भएका थिए । दुर्घटनाका घाईतेलाई उपचारको लागी अस्पताल पुर्याइएका उनकाे उपचारको क्रममा मृत्यु भएको थियो ।
यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका १५ मा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको छ । सोमबार राती साँढे ६ बजेको समयमा धरान १५ को आढालाईनमा रोकी राखेको ना ७ ख ११५८ नंम्बरको ट्रकमा वा ५८ प ८३२८ नंम्बरको मोटरसाईकल आफै ठोकिएर दुर्घटना हुंदा चालक भक्तपुर घर भई धरान १५ बस्ने ४२ बर्षीय राजेश सिजापती घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागी घोपा लगिएकोमा उपचारकोमा क्रममा राती नै मृत्यु भएको उक्त कार्यालयले जनाएकाे छ । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएकाे छ ।