लक्ष्मीमार्ग । नेपाली काङ्ग्रेसका नेता तथा नोवेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्मामाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न नेपाली काङ्ग्रेस बेलबारीले माग गरेको छ ।

शनिबार बेलबारीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै काङ्ग्रेसले कानूनी राज्यमा लोकतन्त्रको उपहास भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको हो । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा कसैले कानूनी राज्यको उपहास नगर्न नेपाल सरकारको ध्यानाकर्षणसमेत गराइएको छ ।

नेपाली काङ्ग्रेसका बेलबारी नगर सभापति छत्र लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठक सकेर बाहिरिने क्रममा शर्मामाथि भएको दुव्र्यवहार आपत्तिजनक रहेको भन्दै घटनामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

शर्मा गत निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ का नेपाली काङ्ग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत हुन् ।