विराटनगर ।   चौकीदार अभिषेक गिरीले मोरङ कारागारमा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । कारागारका भित्रका विरामीको लागि  चौकीदार  गिरीले दुई थान अक्सिजन सिलिण्डर सहयोग गरेका हुन् ।

तेस्रो लहरको कोरोना सङ्क्रमण बढन थालेपछि कारागारमा अक्सिजनको कमी हुन नदिन उनले १० लिटरको दुई थान अक्सिजन सिलिण्डर आइतबार वितरण गरेका हुन्  । ‘अक्सिजनको कमीले कसैको पनि ज्यान जान नदिको लागि मेरो व्यक्तिगत खर्चमा अक्सिजनसहितको सिलिण्डर प्रदान गरेको हो,’ उनले भने । यसअघि कारागार भित्र अक्सिजन सिलिण्डेर थिएन ।

‘सङ्क्रमण भएर विरामीलाई अक्सिजनको आवश्यक पर्यो भने यही अक्सिजन सिलिण्डर प्रयोग गर्नेछौं,’ उनले भने, ‘हस्पिटलसम्म पुर्याउन दुई थान अक्सिजन सिलिण्डेरले विरामीलाई धेरै सहयोग मिल्नेछ । 

चौकीदार गिरीले अक्सिजन सिलिण्डरसहित कारागार भित्र रहेका विपन्न २१ जना कैदीबन्दीहरुलाई जाडोको न्यानो ज्याकेट पनि बितरण गरेका छन् । उनले कारागार भित्रका कैद भुक्तान गर्दै आएका ज्येष्ठ ३१ जना कैदीबन्दीहरुलाई हरलेक्स पनि वितरण गरेका छन् ।

अहिले कारागारमा सङ्क्रमण देखिएको छैन । सङ्क्रमण भइ हाले सङ्क्रमितलाई राख्न कारागारको माथिल्लो तलामा आइसाेलेसन पनि बनाउने तयारी सुरु गरिएको छ । कारागार बाहिर होल्डिङ सेन्टरमा राख्ने तयारी कारागार प्रशासनले गरेको छ ।

अदालतबाट पुर्पक्षको लागि थुनामा राख्न कारागार पढाउने अभियुक्तहरुको लागि कारागार बाहिर हाल्डिङ सेन्टर बनाउने भएको हो । दुई हप्तासम्म होलिडिङ सेन्टरमा पुर्पक्षका लागि पढाएको प्रतिवादीको पिसिआर गरेपछि रिपोर्ट नेगेटिभ आएपछि कारागार भित्र प्रवेश गराउने बताइएको छ ।

आइतबारसम्म मोरङ कारागारमा ८ सय ४६ जना कैदीबन्दी रहेका छन् । जसमा ७५ जना महिला छन् ।