धरान । सुनसरीको इटहरी १० कोशी राजमार्गमा बसले मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

इटहरीबाट उत्तरतर्फ आउँदै गरेको को १ ख ६१६२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको निधन भएको हो । मोटरसाइकल चालक तेह्रथुम साब्ला २ का ५४ वर्षीय बमबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । 

उनलाई तत्काल एपेक्स अस्पताल इटहरी पठाइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बस र बसका चालक इलाम चुलाचुली गाउँपालिका १ का २५ भूवनकुमार विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।