धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर २ भिरगाउँमा बिहीबार बिहान अचानक आगलागी हुँदा १ घर जलेर खरानी भएको छ । 

घर नजिकैको ग्वालीमा खोले पकाउने चुलाबाट अचानक आगो लाग्दा स्थानीय नविन राईको घर जलेर खरानी भएको हो । गाई वस्तुलाई खोले पकाएर आगो ननिभाई राखेको कारण बिहीबार बिहान ९.४५ बजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ । 

नविन राईको घरमा लागेको आगोलाई स्थानीयवासीले पानी छ्यापेर १ घण्टा पछि नियन्त्रणमा लिए पनि क्षति हुनबाट बचाउन भने नसकेको बत्ताइएको छ । आगलागीबाट राईको घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडा वर्तन जलेर नष्ट भएको छ ।