सुनसरी । सुनसरीमा यात्रुबाहक बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । शुक्रबार साँझ सुनसरीको कोसी गाउँपालिका र भोक्रहा नरसिंह गाउँपालीकाको सिमाना अवस्थित रहेको लोैकहीको खुनिया पुल भन्ने स्थानमा दुर्घटना भएको हो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार पूर्वबाट पश्चिम जादैतर्फ आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठोक्किएर आगलागी हुँदा घटनास्थलमै चारजनाको मृत्यु भएको बताइएको छ ।
ट्रक र बस ठोकिँदै दुवै गाडीमा आगलागी हुँदा उद्धारमा ढिलाइ भएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलिले तत्कालै घटनामा पुगी उद्धारमा जुटेका थिए ।
मृतकहरु पहिचान खुल्न सकेको छैन भने दर्जनौं घाइतेलाई बिराटनगरका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।