पाँचथर / पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा आगलागी भएको छ ।
साँझ पौने ८ बजे स्थानीय झरेन्द्र खतिवडाको घरबाट आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि प्रहरी र स्थानीयवासीको प्रयासपछि नियन्त्रणमा आएको छ ।
स्थानीय व्यवसायी झरेन्द्र खतिवडा घर सहितको इलेट्रिक पसल, जुत्ता पसल, टेलर्स र एग्रोभेट पसल सहित चार वटा पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ । जुत्ता पसलबाट लागेको आगो पानीको अभावमा नियन्त्रण बाहिर गएपछि सिंगै घर नष्ट्र भएको प्रत्यक्ष दर्शिले जनाएका छन ।
आगो नियन्त्रण गर्न सदरमुकामबाट दुई वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सकृयतामा नियन्त्रणमा आएको हो । क्षतिको बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।