झापाको शिवसताक्षी नगरपालिकामा सडकको नालीमा डुबि एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नगरपालिकाकाे १ नम्बर वडाका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेकाे ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएकाे छ । कार्यालयका अनुसार शनिबार बिहान साढे ९ बजे घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा मृतकका काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ-लाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनासमबन्धमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएकाे छ ।