देउराली ।  धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले मौखिक आदेशमा एक हप्ता अघि  निष्कासित गरिएका करार खानेपानी व्यवस्थापन बोर्डका सवारी चालकलाई बोर्ड शुक्रवार करार सम्झेता भंग गरिएको पत्र दिएको छ । 

बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेलेको हस्ताक्षर रहेको उक्त पत्रमा  वैशाख १ गतेबाट करार सम्झेता  भंग गरिएको उल्लेख गरिएको छ ।  पत्रमा भनिएको छ,  " करार सम्झेता बमोजिम बोर्डले तोकिएको कामको जिम्मेवारी प्रति  तपाईँको जबाफदेही र व्यापक लापरबाही गरेको देखिएकोले बिलकुलै सन्तोषजनक कार्य नगरेको पाइएकोले करार सर्त बमोजिम मिति २०८० र ०१र ०१ गतेबाट लागू हुने गरी करार सम्झेता भंग गरिएको  आदेश अनुसार  जानकारी गराइन्छ ।"

पत्रमा वैशाख ४ गते मिति उल्लेख भएको पनि आफूलाई बोर्डमा बोलाएर कुनै स्पष्टीकरण निर्देश पोखरेलले उक्त पत्र दिएको सवारी चालक तेजकुमार राईले बताएका छन्  । उनले चलाएको प्र– १ – ०२–झ ०७५० नम्बरको  पिक अप भ्यान गत चैत २३ गते कोकाह श्रम अभियानमा जाने क्रममा वराहक्षेत्र ९ स्थित सिन्दूर पुच्छरमा दुर्घटना भएको थियो । चालक राईका अनुसार नगरप्रमुख साम्पाङ कै निर्देशनमा  सामान तथा उनका मानिसलाई लिएर जाने क्रममा उक्त दुर्घटना भएको  हो । 

उनले आफूलाई उक्त दुर्घटनाका कारण निष्कासित गरिएको हो वा अन्य कुनै कारण भन्ने बारेमा जवाफ नआएपछि नगर प्रमुख साम्पाङलाई सोध्न जाँदा उनीमाथि दुर्व्यवहार भएको बताउँदै आएका छन् । त्यस्तै उक्त दुर्घटनालाई बाहिर आउन नदिन  बोल्न रोक लगाइएको र  इन्सुरेन्स र रिन्यु फेल भएको उक्त पिकअप लाई इन्सुरेन्स र रिन्युकालागी गलत बयान दिन लगाएर दुरुपयोग गरे पनि बताउँदै आएका छन् । 

उनले नगरप्रमुख साम्पाङले आफ्ना मान्छे राख्नकालागी करारका कर्मचारीहरूमा तनाव पैदा गराइ राजीनामा दिन दबाब सिर्जना गर्ने गरेको समेत बताएका छन् ।