श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन १३ गते मङ्गलबार, २९ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण शुक्ल पक्षको पञ्चमी  तिथि २४ः५१ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र उत्तरफाल्गुनी २०ः४१ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः२५ बजे र सूर्यास्त ०६ः५३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

समय लागे पनि निर्णायक कार्य गर्ने समय छ । उल्झन समाप्त हुनाले रोकिएको काम थालनी गर्न सकिनेछ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ । व्यवसायमा पनि केही लगानी र पूर्वाधार तयार पार्ने समय छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

समस्या दर्शाउँदा अभिभावक तथा शुभचिन्तकहरूले साथ दिनेछन्। गुरुजनको मार्गदर्शन प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भङ्ग हुन सक्छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विशेष योजना सार्वजनिक नगर्नुहोला । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भङ्ग हुनसक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अरूको व्यवहारले शङ्का उब्जाए पनि परिवारजनको साथ–सहयोग प्राप्त हुनेछ। लाभ हुने काम गर्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सहयोगीहरू पछि हट्नाले बढी मिहिनेत गर्नुपर्ने समय छ । प्रतिपस्पर्धीहरूले अवरोध पु¥याउन सक्छन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ काम थाल्न उपयुक्त साइत पर्खनुहोला। व्यवसायमा सामान्य लाभ हुनेछ तर सोचेको दाम नउठ्न सक्छ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्।काम बन्नाले मनग्य आम्दानी भिœयाउने अवसर प्राप्त हुनेछ।      

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बुद्धिको उपयोगले इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। धेरैको मन जित्ने समय छ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नाम र दाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।