इटहरी / इटहरीमा १७ औं अन्तराष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरि मनाइएको छ । गत शनिबारदेखि शूरु भएको कार्यक्रम शुक्रबार युवा मेलासहित सम्पन्न भएको हो । गत शनिवार अन्तराट्रिय युवा दिवस आयोजक समिती सुनसरीको आयोजनामा इटहरी चौकमा सरसफाइ कार्यक्रम गरि सप्ताह कार्यक्रमको सुरु गरिएको हो । सप्ताहव्यापी कार्यक्रमको अवसरमा जिल्लामा रहेका विभिन्न संघ संस्थाहरुको गतिविधी प्रस्तुतीसमेत गरिएको थियो । सुनसरीका स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले युवा महोत्वसको उद्घाटन गरे । इटहरी ४ आइतबारेमा भएको युवा महोत्सवमा झण्डै तीन दर्जन बढी स्टल राखिएको कार्यक्रम युवा विकास केन्द्रका सञ्जय चौधरीले बताए । युवा महोत्सवमा साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा युवा समिति सुनसरीका संयोजक हर्कजंग एभेङसहित इटहरीका राजनीतिक तद तथा सामाजिक संस्थाको प्रतिनिधीहरुको सहभागिता रहेको थियो । तस्विरहरुः बाबुराम सुवेदी