अर्घाखाँची /अर्घाखाँची जिल्लाको हंसपुर गाविसमा जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।   सदरमुकाम सन्धीखर्चबाट प्युठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको फोरह्वील जीप हंसपुर गाविस ५ रतनमोर बजार नजिकैको भीरबाट खसेको थियो ।   प्रहरीका अनुसार ७ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाको मृत्यु हुनेको नाम खुल्न नसकेको इलाका प्रहरी चौकी हंशपुरका सइ श्याम श्रीषले जानकारी दिए ।   दुर्घटनामा ६ जना घाइते भएका छन् । जीपमा १५ जनाभन्दा बढी सवार रहेको सइ श्रीषले बताए । घाइतेलाई उपचारको लागि सन्धीखर्क ल्याइएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा घाइतेको उद्धार गरिएको हो ।