राजविराज / सप्तरीको महादेवा गाविस–२ कजैली टोलमा आइतबार राति आगलागीबाट दुई घर जलेर ७ लाख बराबरको क्षति भएको छ । स्थानीय उपेन्द्र मण्डलको गोठबाट विधुत लाईन सर्ट भई आगलागी हुदाँ छिमेकी मोतीलाल मण्डलको घर जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार आगलागीबाट उपेन्द्रको गोठसहित मोतीलालको एउटा जलेर नष्ट हुँदा करिब ७ लाख बराबरको क्षति भएको हो । आगलागी स्थानीयवासीको सहयोगले नियन्त्रणमा लिइएको जनाइएको छ ।