तीनदलको बैठक चालू
धरान/प्रधानमन्त्री निवास बालुवाटारमा अहिले प्रमुख तीन दलको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र बीच बैठक भइरहेको हो । बैठकमा स्थानीय तह पुर्नसंरचना, तीन वटै निकायको निर्वाचन, संविधान संशोधन, आर्थिक विधेयक विषयमा छलफल चलिरहेको छ ।
छलफलमा नेपाली कांग्रेसका सभापति र एमालेका अध्यक्ष भने सहभागी भएका छैनन् । एमाले अध्यक्ष केपी ओली उपचारको क्रममा थाइल्याण्डमा छन् भने शेरबहादुर देउवा पनि मुलुक बाहिर छन् ।
एमालेबाट बामदेव गौतमसहितको टोली रहेको बताइएको छ भने कांग्रेसबाट रामचन्द्र पौडेलसहितका नेताहरु उपस्थित भएका छन् ।