धरान / प्रहरीले संगठित रुपमा धरानमा भईरहेको यौन व्यवसाय विरुद्दको अप्रेशनलाई निरन्तरता दिएको छ । सोेमवार पनि प्रहरीले धरानका विभिन्न ठाउँमा संचालित होटेलवाट होटल संचालक सहित ८ जनालाई पक्राउ गरेको छ ।
धरानको भानुचौक स्थित पर्पल होटेलमा छापामारी संचालक कुमार वस्नेत सहित ३ युवतीलाई पक्राउ गरेको छ । त्यसैगरी जिरो प्वाईन्ट स्थित होटेलवाट संचालक सुरेन राई सहित ३ युवतीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी गराएका छन् ।
उनले पक्राउ परेकाहरुसँग वयान लिने काम भईरहेको जनाउँदै युवतीको वयानका आधारमा मुद्दा चलाईने वताएका छन् । विगत एक साता अघिवाट प्रहरीले संगठित रुपमा भईरहेको यौनधन्दा विरुद्द थालेको अप्रेशनका क्रममा दुई दर्जन वढिलाई पक्राउ गरि कारवाहि अघि वढाईएको वताएका छन् ।
यसअघि नै पक्राउ परेकामध्ये केहिले युवतीहरुलाई महँगो कमाउने आश्वासन दिएर यौन व्यापारमा लगाउने गरेको सार्वजनिक भईसकेको छ । पक्राउ परेका मध्ये जोन , भलराज , रेश्मा र सुरेनलगायतले भने एक दिनको १० हजारसम्म लिएर युवतीहरुलाई यौन कार्यमा लगाउने र युवतीलाई भने १ हजार देखि १५ सयसम्म मात्र दिने गरेको व्लाष्टलाई वताएका छन् ।
सोमवार पक्राउ परेका युवती मध्ये एकले त आफुलाई विना पैसा जवरजस्ती यौन कार्यमा लगाएर पैसा असुल्ने गरेको वताएकी छन् । उनले आफुलाई आफ्नो ईच्छा विपरीत यौन कार्यमा संलग्न गराएको प्रतिकारको प्रयास गर्दा उल्टो धम्कि दिने गरेको सुनाईन । उनले भनिन ‘ भारतीयहरु सँग जवरजस्ती यौन कार्य गर्न लगाएर पैसा लिन्छन तर हामीलाई तलव वाहेक केहि पनि दिदैनन् ।
पक्राउ परेका युवतीहरु मध्ये अधिकाँसले धरानमा त्यसरी युवतीलाई अनेक लोभ लालच देखाएर यौन कार्यमा लगाउने काममा नेपाली र भारतीहरुको गिरोह नै सक्रिय रहेको वताएका छन् । युवतिहरुले त्यसरी यौन व्यापारमा संलग्न दलाल भनेर वताएको व्यक्तिको सुचिमा नाम चलेका केहि होटेल संचालक समेत रहेको प्रहरी स्रोतले वताएको छ ।
दलालहरुले युवतीहरुलाई ग्राहक हेरि हेरि मुल्य राखेर यौन कार्यका लागि पठाउने गरेको पाईएको अनुशन्धानमा सँलग्न प्रहरीले वताएका छन् । पक्राउ परेका युवतीले अधवैंशे र पाका उमेरका नेपाली र भारतीय यौन कार्यका लागि होटेलहरुमा आउने गरेको वताएका छन् ।
डिएसपी खतिवडाले यौन व्यापारमा संलग्न विचौलिया र दलालहरुको सुचि नै तयार पारेर अप्रेशन थालिएको जनाएका छन् । उनले यौन व्यापार गराउनेहरुलाई प्रमाण र युवतिको वयानका आधारमा जिउ मास्ने वेच्नेमा मुद्दा चलाउने वताए ।