नेपालगञ्ज/पूर्वराजा बीरेन्द्र बिरविक्रम शाहको शालिक राख्न खोज्याद स्थानीय युवा र प्रहरीबीच झडपको स्थिति सिर्जना भएको छ । झडपको कारण नेपालगञ्ज तनावग्रस्त भएको छ । राष्ट्रवादी युवा समूहले बिहीबार धम्बोजीमा वीरेन्द्रको शालिक राख्न खोजेका थिए । उक्त शालिक राख्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । तर, पनि युवाहरुले शालिक भने राखिसकेको बताइएको छ । नेपालगञ्जको वीरेन्द्र चोकमा वीरेन्द्रको पूर्ण कदको शालिक राखिएको थियो । तर, दोस्रो जनआन्दोलनका क्रममा उक्त शालिक भत्काइएको थियो । उक्त स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो । झडपका क्रममा केही युवाहरु घाइते भएको बताइएको छ । प्रहरीको ज्यादतीविरुद्ध युवाहरुले राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए ।