kunauli-saptariराजविराज /  हरेक वर्ष वर्षा सुरु हुनासाथ सप्तरीमा वाढिका कारण कोकोहोलो मच्चिने गरेको छ । चुरे पहाड हुँदै सप्तरी भएर वग्ने सान ÷ ठुला नदिको वाढिले एक दर्जनभन्दा वढि गाविस डुवानमा पर्ने गरेका छन् । गत असार ÷(साउनमा पनि कोशी, खाँडो, महुली, चापिन, सुन्दरी, त्रिजुगा, खडक, भलुवाही, अमाहा लगायतका खोलामा आएको बाढीले ति गाविस डुवानमा परे । वन जंगल विनास हुँदै गएपछि खोलामा वढेको वालुवा र ग्रेगरका कारण सामान्य वर्षातमा पनि खोला गाउँ पस्ने र घर खेत डुवाउने तथा वगाउने नियति सप्तरीवासीले भोग्दै आएका छन् । सप्तरीवासीका लागि हरेक वर्ष आईलाग्ने यो समस्याको समाधान वाँध निर्माण गरी नदिको निकास दिनु नै हो भन्नेमा सवैको सहमति छ । तर, नदि नियन्त्रका लागि छुट्याईको वजेट भने लुछाचुडिमै सकिने गरेको पाईएको छ । आव ०७३÷०७४ मा नदि नियन्त्रणका लागि सप्तरीमा आएको वजेट मध्ये कतिपय योजनाको रकम अनियमित रुपमा खर्च भएको र किर्ते दस्तखत गरी कर्मचारीले नै हिनामिना गरेको भन्दै उपभोक्ता समितिका पदाधिकारीहरुले गुनासो गर्न थालेपति नदि नियन्त्रणका नाममा भईरहेको लुछाचुँडि सार्वजनिक भएको हो । सप्तरीको वलान नदि नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय जनकपुर मार्फत सप्तरीमा संचालन भएको ‘वलान नदि नियन्त्रण कार्यक्रम’मा कार्यालयका कर्मचारीले नै किर्ते गरी २१ लाख रुपैयाँ हिनामिना गरेको गुनासोले यतिवेला चर्चा पाईरहेको छ । वलान नदि नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष महेश यादवका अनुसार सो योजनामा कुल ४१ लाख रुपैयाँ छुट्याईएको थियो । योजना संचालनका लागि समिति गठन गरिएपनि चेक लगायतका आवश्यक कागजात कर्मचारीले राख्ने गरेका कारण रकम हिनामिना भएको यादवले वताएका छन् । कार्यालयका कर्मचारी ईन्जिनियर पुरुषोत्तम साहले किर्ते हस्ताक्षर गरेर योजनाको ३१ लाख रुपैयाँ निकाली हिनामिना गरेको यादवको दावी दावी छ । जनकपुर स्थित मेगा वैकको ‘वैंक स्टेटमेण्ट’ अनुसार सुपरभाईजर जिवेश कुमार झाको नाममा १५ अतस्त २०१६ (३१ साउन २०७४) मा एकै पटक सो रकम निकालिएको वताएका उनले कर्मचारीको यस्तो कृयाकलाप विरुद्ध सिचाई मन्त्रालय र विभागमा समेत उजुरी गर्ने वताए । योजनाको अन्य हिसाव(किताव समेत सन्तोषजनक नरहेकोले छानविन गरी दोशीलाई कारवाही गर्न उनले माग गरेका छन् । किर्ते हस्ताक्षर गरी रकम निकालेको आरोप लागेका जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय जनकपुरका इन्जिनियर साहले भने यस विषयमा प्रतिक्रिया दिएका छैनन् । ब्यक्तिगत प्रयोगको मोवाईल नम्वर अफ गरेका साह कार्यालयको नम्वरमा सम्पर्क गर्दा समेत सम्पर्कमा आउन सकेनन् । यसैगरी वेल्ही गाविस अन्तर्गत सोहि नदि नियन्त्रणका लागि छुट्याईएको वजेट समेत अनियमित रुपमा खर्च गरेको पाईएको छ । नदि नियन्त्रणका लागि छुट्याईएको ४० लाख मध्ये करिव १० लाख वरावरको काम गरी इन्जिनियर र कर्मचारीकै मिलेमतोमा रकम हिनामिना गरिएको स्थानीयवासी खेमचन्द्र यादवले वताएका छन् । सो योजनामा इन्जिनियर विश्वनाथ यादवले समितिका सदस्यहरुलाई समेत प्रभावमा पारी रकम हिनामिना गरेको उनको आरोप छ ।