इटहरी/ यात्रीलाई बलात्कार गरेको अभियोगमा इटहरीका एक सिटी सफारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बलात्कारको अभियोगमा इटहरी–१० का राज चौधरी पक्राउ परेका छन् । इटहरी–८ एक घरमा घरेलु कामदारका रुपमा कार्यरत एक महिलामाथि आफ्नो घर फर्कने क्रममा शुक्रबार राती सिटी सफारी चालकले बलात्कार गरेको स्थानियले बताए । इटहरी–१० घर भएकी ती महिलाले पनि शुक्रबार राती घर फर्कने क्रममा सिटी सफारी चालकबाटै आफू बलात्कृत भएको बताईन । ‘पाँच वर्षिया नानीलाई लिएर म सिटी सफारीमा चढे ।’ इलाका प्रहरी कार्यालय इटहरीमा भेटिएकी ती पिडित महिलाले भनिन् ‘घर पुग्ने बेलामा अर्कै बाटो लग्यो, म चिच्याए । मलाई जवर्जस्ती ग¥यो ।’ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार बलात्कारमा परेकी महिलाको शरिरका विभिन्न भागमा चोट छ । स्थानीयले बलात्कार हुँदा च्यातिएको कपडा समेत प्रहरीलाई बुझाएका छन् । बलात्कारमा परे पछि उनले गुहार मागे पछि गाउँकी एक महिलाले सुनिन् । ‘हामी आमा छोरा आयौं, यस्तो के गरेको भन्दा उल्टै हामीलाई कुटपिट ग¥यो ।’– प्रत्यक्षदर्शी मिनाकुमारी वास्कोटाले भनिन् । ती महिलाको लुगा पनि ठीकमा थिएन । त्यो केटा झ्यासीमा लुकेको रहेछ । तँले के गर्छस् भन्दै हामीलाई पनि कुटपीट ग¥यो । त्यो भाई पनि चिनेकै रहेछ । पुलिसलाई फोन गर्न नम्वर दिए । गाउँमा हल्ला गर्दा पनि केही भएन । पाँच वर्षीया नानीलाई छिमेकी घर पठाएर आफूलाई तानेर झ्यासीमा लगेको पिडित महिलाले बताइन् । बलात्कार पछि ती युवाले प्रत्यक्षदर्शीलाई ‘कसैलाई भने जे पनि गर्ने’ भन्दै धम्क्याएको स्थानीयको भनाई छ । सो टोल विकाश संस्थाका अध्यक्ष लुसन राईका अनुसार बलात्कार गरी स्थानीयलाई धम्क्याउने काम गरेको बताए । प्रहरी नियन्त्रणमा रहेका राज चौधरीले भने प्रहरीलाई ती महिला इटहरीस्थित विराटनगरलाईनमा मातेको अवस्थामा रहेकोले आफूले घरसम्म लगि दिएको बताए । प्रहरी नियन्त्रणमा रहेका चौधरी र महिलालाई स्वास्थ्य परिक्षणको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।