Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • मेघौली विमानस्थल पुनः सञ्चालनमा

मेघौली विमानस्थल पुनः सञ्चालनमा

  • कार्तिक २३, २०७३
  • ब्लाष्ट खबर

रत्ननगर (चितवन)/लामो समयदेखि बन्द रहेको चितवनको दोस्रो विमानस्थल मेघौली विमानस्थल पुनः सञ्चालनमा आएको छ । विसं २०६७ देखि बन्द रहेको विमानस्थलमा अहिले पुनः विमान अवतरण हुन थालेपछि स्थानीय खुसी भएका छन् । विशेष गरी निकुञ्जभित्रका होटल विस्थापित भएसँगै यहाँ विमान अवतरण बन्द भएको थियो । तर अहिले मेघौली सेराई, होटल बाराहीलगायत स्टार तहका होटल तथा अन्य होटल सञ्चालनमा आएपछि पुनः विमान आउन थालेको भरतपुर विमानस्थलका प्रमुख शिव शर्माले जानकारी दिए । “टाइगर टप्स होटल बन्द भएपछि विमान आउन छाडेको थियो, अहिले होटल मेघौली वरपर खुलेकाले, फेरि चार्टर विमान आउन थालेको छ, विमानस्थल प्रमुख शर्माले भने, नियमित उडानका लागि समेत हामी तयार छौँ ।” यही कात्तिक २१ गते तारा एयरको १८ सिटे चार्टर विमान अवतरण भयो, स्थानीय खुसी भए । एकजना पर्यटन व्यवसायका जानकार विश्व सुवेदी यो विमानस्थललाई नियमित सञ्चालन गर्नसके चितवनको पश्चिम क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने बताउछन् । आज, भोलि र कात्तिक २६ गते पनि तारा एयरका विमान आउने जानकारी आइसकेको भरतपुर विमानस्थलले जनाएको छ । विमानस्थलका प्रमुख शिव शर्मा अहिले १८ सिटे विमानभन्दा ठूलो चल्न नसक्ने बताउँदै नियमित चलेमा जनशक्ति समेत मेघौलीमै पठाउने बताउछन् । चितवनको भरतपुरबाट करिब ३० किलोमिटर पश्चिममा मेघौली विमानस्थल छ । विसं २०३० मा बनेको विमानस्थल २०६६ सालसम्म नियमित सञ्चालनमा थियो । विशेष गरी यहाँ होटलका चार्टर विमान बढी आउँथे । पछि विस्तारै होटल बन्द भएकाले विमानस्थल बन्द जस्तै भएको थियो । झारले विमानस्थल कुरुप भएको थियो भने भौतिक संरचना जीर्ण भएका छन् । विमानस्थलको टावर र यसका लागि चाहिने उपकरण समेत भरतपुरमा ल्याएर राखिएको शर्मा बताउछन् । “अहिले हामीले विमान आउने बेलामा कर्मचारी पठाउने गरेका छौँ, शर्माले भने, नियमित चल्ने भयो भने टावर बनाएर कर्मचारी खटाउनेछौँ ।” नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवन हो । चितवनको पहिलो पर्यटन क्षेत्र सौराहा हो भने दोस्रो मेघौली नै हो । चितवन निकुञ्जसँग जोडिएकाले यहाँ वाइल्ड लाइफ (जंगली जन्तु) पर्यटन र स्थानीयको संस्कृति हेर्न पर्यटक आउँछन् । बीचमा पर्यटक सुनसान भएकाले मेघौलीको आकर्षण घटेका बेला अहिले पुनः चहलपहल बढेको स्थानीय मीना न्यौपानेको अनुभव छ । विगतमा जेठ, असार, साउन र भदौमा विमानस्थल रोकिने र अन्य बेला चल्ने भएकाले मौसम अनुसार मेघौलीमा विमान सञ्चालन हुँदै आएकोमा २०६७ सालदेखि पूर्ण रोकिएको थियो । अहिले पुनः सञ्चालनमा आउँदा स्थानीयमा पर्यटन क्षेत्र फस्टाउने आशा पलाएको छ । भरतपुरबाट मैघौली जाने सडकमा खाल्डाखुल्डी बढी भएको र स्तरोन्नति नहुँदा सो क्षेत्रमा पर्यटक लैजान सकस हुँदै आएको छ । भरतपुरमा यात्रुको चाप चितवनको भरपुर विमानस्थलमा अहिले यात्रुको चाप अत्यधिक छ । दैनिक सातवटा विमान उडानको तालिका राखिए पनि मुग्लिन —नारायणगढ सडकका कारण १२ वटासम्म उडान भर्ने गरिएको विमानस्थलको भनाइ छ । नियमित बुद्ध एअरको चार र यती एयरलाइन्सको तीनवटा विमानले उडान भर्ने गरेको विमानस्थल प्रमुख शिव शर्मा बताउछन् । ४७ सिटे विमान समेत यहाँ उड्छन् । रासस

सम्बन्धित समाचार
राजनीतिक संरक्षणमा मिटरब्याज धन्दा

विराटनगर । मोरङ कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदु कामत चक्रवर्ती ब्याज (म ...

समर्पणको भावले सेवा गर्ने वडासदस्य गिरी

धरान । इटहरी उपमहानगरपालिका–५ का वडासदस्य गोपाल गिरी न त धेरै बोलेर चर्चामा ...

यी हुन् सुनसरीका ओझेलमा रहेका पर्यटकीय क्षेत्र

विषय प्रवेश साविकको भरौल गाउँ विकास समिति (गाविस) क्षेत्रमा पर्ने चारक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
राजनीतिक संरक्षणमा मिटरब्याज धन्दा
समर्पणको भावले सेवा गर्ने वडासदस्य गिरी
यी हुन् सुनसरीका ओझेलमा रहेका पर्यटकीय क्षेत्र
नेवार समुदायका युवालाई धाः बाजा तालिम
राजनीतिमा भण्डारीको पुनरागमन घोषणाः शुभ सङ्केत कि अशुभ ?
आजको राशिफलः २०८२ साल असार १६ गते सोमबार
महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई
अब निजी र सामुदायिक विद्यालयमा २ वर्षे ईसीडी अनिवार्य
आजको राशिफलः २०८२ साल असार १५ गते आइतबार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ
कोशीटप्पु क्षेत्रबाट विस्थापितलाई न्याय देऊ
इटहरी उपमहानगरको बजेट २ अर्ब ५५ करोडः मजदुर र सामान्य नागरिकलाई बजेटले समेटेन
भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषध र सवारी साधनसहित चारजना पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved