धरान /माओवादी केन्द्रको केन्द्रीय कार्यलयमा धर्नामा बसेको पुुर्व माओवादी लडाकुलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । धर्नामा बसेका करिब ८५ जना लडाकुलाई प्रहरीले गिराफ्तार गरि महेन्द्र पुलिस क्लवमा थुनेको जनाइएको छ ।
पुर्व लडाकुहरुले आफुहरुमाथि सरकारले लागएको अयोग्यको विल्ला हटाउनु पर्ने , आफुहरुलाई गणतन्त्र योद्धा घोषणा गरिनु पर्ने , पुर्व जनमुक्ति सेना सरहको समान व्यावहार आफुहरुलाई पनि गरिनु पर्ने लगाएतमा सात बुँदे माग राख्दै सोमबार दिउँसो देखि उनीहरु धर्नामा बसेका थिए ।उनीहरु केन्द्रीय कार्यलयको मुल गेटमै ताला लगाएर पार्टीका नेताहरुलाई कार्यलय आवत –जावत नै बन्द गराएका थिए ।
उनीहरुले रातभर केन्द्रीय कार्यलयमा धर्ना दिएका थिए ।धर्नामा बसेका बर्हिगमित जनमुक्ति सेना का उपाध्यक्ष प्रदिप कार्कीले भने , आफुहरुको मागमा माओवादीको नेताहरुले कुनै सुनुवाई नगरि एक्कसी प्रहरी आएर माइकिङ गरेर तुरुन्त हट्न भन्यो हामीले मानेनौ त्यस पछि हाम्रा साथीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।