धरान / नक्कली नागरिकता लिने दुई जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरि मुद्धा दर्ता गरेको छ । सुनसरीको इनरुवा–६ स्थित जमजम होटल एण्ड लजमो कार्तिक १९ गते शंकास्पद अवस्थामा २ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिईएको थियो । निजहरुको साथ वाट नेपाली नागरिकताको प्रमाण–पत्र समेत वरामद भएको छ । नियन्त्रणमा लिएका वंगलादेशको ट्याङग्याल स्थायी ठेगाना भएका हयात मियाँ भन्ने आसान मियाँले पश्चिम कुशहा–९ वस्ने इनुस भन्ने व्यक्ति लाई वुवा वनाई बंशजको आधारको ३०४५/२५६६ नम्वरको नेपाली नागरिकताको नक्कलीे प्रमाण–पत्र लिएको पाइएको छ । यस्तै वंगलादेशको पावना जिल्ला स्थायी ठेगाना भएका समशेर भन्ने सिजारोल मल्लिकले सुनसरी जिल्लाको पश्चिम कुशहा–४ वस्ने सुलेमान मियाँलाई वुवा वनाई बंशजको आधारको ३०४५/२८८४ नम्वरको नक्कली नेपाली नागरिकता प्रमाण–पत्र लिएको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो । उनीहरुसँग भएको नागरिकताबारे जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुझ्दा कुनै रेकर्ड नपाईए पछि नक्कली भएको प्रमाणी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरेले जानकारी दिए । उनीहरुलाई अदालतमा म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।