[caption id="attachment_18838" align="alignnone" width="1000"]onsari तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]

धरान  /  संविधान कार्यान्वयनको लागि राजनीतिक दलहरु सबै मिलेर नेतृत्व दिन आवश्यक रहेको सभामूख ओनसरी घर्ती मगरले बताएकी छन् । धरानको छोटी मोरङमा निर्माण हुन लागेको थाउजेण्ड विग बुद्धको सिलान्यास गर्दैै सभामूख मगरले असन्तुष्टहरुको कुरालाई सम्बोधन गर्दै कार्यान्वयनमा सबै दलले नेतृत्व लिनु पर्ने बताएका हुन् । उनले संविधानको मार्गमा हिड्दै कार्यान्वयनको गर्नै पर्ने बताए । ‘संविधान कार्यान्वयनमा सबै राजनीतिक दलहरुले नेतृत्व लिनै पर्छ ।’ उनले सम्बोधनका क्रममा भनिन् । उनले द्धन्द्धको मूख्य स्रोत भनेको असमानता भएकाले सबैलाई समानता कायम गर्न र स्थायी शान्ति ल्याउन समानता आवश्यक रहेको बताए । ‘बुद्ध धर्मको मूल विशेषता भनेको पनि समानता नै हो ।’ उनले भनिन्, ‘स्थायी शान्ति ल्याउन समानता आवश्यक छ ।’ उनले संविधानमा अपूर्णताहरु छन् भनेर आवाजहरु उठिरहेको बताउँदै त्यसलाई पूर्णता दिनका लागि राजनीतिक दलबीच एकता आवश्यक हुने बताइन् । उनले बुद्ध धर्मको सन्देश पनि स्थायी शान्ति भएकाले देशलाई शान्तिमय बनाउन, विकासमय बनाउनको लागि सबै एकजुट हुनु पर्ने बताइन् । उनले थाउजेण्ड विग बुद्धलाई नेपाल सरकारले सहयोग गर्ने बताइन् । उनले यो जात, उ जात, त ठूलो म सानो भनेर नहिडौं, शान्ति मार्ग पूरा गरौं भन्दै अपिलसमेत गरिन् । १७५ फिट अग्लो बुद्धको मूर्ती हुने धरान-२० छोटीमोरङमा १० हजारवटा साना मूर्तीहरु राखिने छन् । उक्त स्थानलाई पूर्वको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा पहिचान गर्ने तयारी भइरहेको विग बुद्धका संरक्षक भिक्षु मेन्दाकरले बताए । उनले ८ इन्चका १० हजार मूर्तीहरु रहने र निजी लगानीमा बन्ने तर, सरकारले सहयोग गरेको खण्डमा आफूहरु त्यसलाई सहर्ष स्वीकार्ने बताए । ‘पर्यटन भित्रयाउने लक्ष्य हो ।’ उनले भने, ‘लुम्बिनीमा आउने १० हजार पर्यटक मध्ये १० प्रतिशत मात्रै भए पनि यहाँ भित्रयाउने लक्ष्य छ ।’ कार्यक्रममा थाइल्याण्ड सरकारका धार्मिक सल्लाहकार थाहा स्व सोभनमसमेतको उपस्थिति थियो । उनले थाउजेण्ड विग बुद्धको लागि सहयोग गर्नेसमेत प्रतिवद्धता गरेका छन् । कार्यक्रममा बिग बुद्धका लागि सहयोगको प्रतिवद्धतासमेत आएको छ । धरान उपमहानगरपालिकाको संयोजन रहेको उक्त बुद्ध स्थलको सूर्याेदय बुद्ध बिहारको सह संयोजन रहेको छ । कार्यक्रमका सह संयोजक प्रदीप थापा मगरले धार्मिक स्थलको रुपमा मात्रै नभई पर्यटकीय स्थलको प्रमुख गन्तब्य बनाउने लक्ष्य रहेको बताए । विग बुद्ध निर्माण स्थल सर्दुजलाधार क्षेत्र हो । ३९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सर्दुजलाधारबाट २०३२ सालमा २ सय ९ घरपरिवारहरुलाई विस्थापित गरिएको थियो । त्यो बेलामा उक्त घरपरिवारको ३६२ बिगाहा जग्गा रहेको थियो । हाल धरान उपमहानगरले निर्माण स्थल क्षेत्रको लागि कागजी प्रक्रिया अघि बढाइरहेको बताइएको छ ।