-
Home
-
सिनेमा
-
जोखिम अवस्थाका बालबालिकालाई शैक्षिक सहयोग
जोखिम अवस्थाका बालबालिकालाई शैक्षिक सहयोग
- कार्तिक २७, २०७३
- ब्लाष्ट खबर
लिबाङ (रोल्पा)/जिल्ला बालकल्याण समितिले बालाधिकार संरक्षण र प्रवद्र्धनका लागि आपत्कालीन र जोखिम अवस्थाका बालबालिकालाई शैक्षिक सहयोग गरेकोे छ ।
आपत्कालीन मानव सहयोगअन्तर्गत ९१ बालबालिकालाई रु एक लाख ७५ हजार, जोखिम अवस्थाका ११५ बालबालिकालाई शैक्षिक सहयोग बापत रु दुई लाख ३० हजार, सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिका पुनःस्थापना तथा पुनःएकीकरण कार्यक्रमअन्तर्गत २३२ जनालाई रु पाँच हजारका दरले शैक्षिक सहयोग रु १६ लाख ६० हजार र तीन बालबालिकालाई रु छ हजारका दरले वैकल्पिक स्याहार सहयोग गरिएको सिएएसी परियोजनाका परियोजना अधिकृत इन्द्रा शाहीले जानकारी दिए ।
उनका अनुसार यसैगरी जन्मदर्ता नभएका चार बालबालिकाका लागि कानुनी सहयोग र पाँच विद्यालय शान्ति क्षेत्र घोषणाका लागि रु एक लाख २५ हजार सहयोग गरिएको जिल्ला बाल कल्याण समितिका बालअधिकार अधिकृत गोकर्ण पुनले जानकारी दिए ।
बाल संरक्षण निरीक्षक कपिलदेव भण्डारीका अनुसार विकट ठाउँका बालबालिकालाई राहत वितरणमा भने असहज हुने गरेको छ । रासस