धरान/बन्द गराउँदै हिड्ने नेकपा (माओवादी) का करिब ५ दर्जन कार्यकर्तालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ । नेपाल प्रहरी काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार कालीमाटी, बानेश्वर, रत्नपार्क, महाराजगञ्जमा बन्द गराउन चोकमा भेला भएका उनीहरूलाई पक्राउ गरिएको हो । अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको उनले बताए। माओवादीले खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै नेपाल बन्दको आह्वान गरेको हो।