Nepalese police use tear gas to dispel cरौतहट/प्रहरी चेकिङ टोलीमाथि एक्कासी फायरिङ भएपछि जवाफी फायर गर्दा भारतको बिहार कोरैया लौखान ढाका पूर्वी चम्पारण बस्ने ४४ वर्षीय तेजीलाल साहको मृत्यु भएको छ ।प्रहरीका अनुसार देवाही–८ स्थित लालबकैया खोलाको बाँधहुँदै अपरिचित समूहले हातहतियार लिएर आउँदै छ भन्ने विशेष सूचनाको आधारमा मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय रौतहटबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।

सोमबार बिहान उक्त स्थानमा खटिएर जाँच गर्ने क्रममा प्रहरी टोलीमाथि एक्कासी फायरिङ गर्दा प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएका थिए ।प्रहरीमाथि फायरिङ भएपछि जवाफी फायर गर्दा घाइते भएका साह र प्रज चौधरीलाई उपचारको लागि गौरस्थित जिल्ला सरकारी अस्पताल ल्याउँदै गर्दा डाक्टरले साहलाई मृत घोषणा गरेका थिए ।

हात र खुट्टामा चोट लागेका चौधरीलाई प्राथमिक उपचारपछि थप उपचारको लागि हेटौंडाको चुरेहिल अस्पताल लगिएको छ ।घटनास्थलबाट प्रहरीले बट नभएको ईन्सास राईफल १ थान, सोको १५ राउण्ड गोली, कटुवा पेस्तोल १ थान, सानो चाईनिज पेस्तोलजस्तो देखिने ईटालियन पेस्तोल १ थान बरामद गरेको छ । फरार अन्य व्यक्तिको खोजी भइरहेको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।