-
Home
-
सिनेमा
-
श्रीमती हत्याको आरोपमा पूर्पक्षका लागि कारागारमा
श्रीमती हत्याको आरोपमा पूर्पक्षका लागि कारागारमा
- मंसिर ३, २०७३
- ब्लाष्ट खबर
भीमदत्तनगर/श्रीमती हत्याको आरोपमा कञ्चनपुरको बेदकोट नगरपालिका– १२ का ३० वर्षीय केशवराज पन्त पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
गत कात्तिक ६ गते घरमै २१ वर्षीया श्रीमती पशुपति पन्तलाई कुटपिट गरी हत्या गरेको आरोपमा केशवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराइएका भट्टलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) नं. बमोजिम पूर्पक्षको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नैनसिंह कार्कीले बताए । रासस