चित्रबहादुर केसी माइक्रोबाट लडे
- मंसिर ८, २०७३
- ब्लाष्ट खबर
धरान /राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी माइक्रोबाट लडेर घाइते बनेका छन् ।
घाइते बनेका केसीको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनको टाउको र ढाडमा चोट लागेको बताइएको छ । माइक्रोबाट लडेपछि उनलाई स्थानीय र प्रहरीको सहयोगमा अस्पताल ल्याएको बताइएको छ ।
मैतीदेवीस्थित कोठाबाट मण्डिखाटारमा रहेको पार्टी कार्यालय जाने क्रममा उनी गुडिरहेको माइक्रोबाट लडेका हुन्। डिएसपी नवराज कार्कीका अनुसार बा १ ज ६३१८ नम्बरको नीलो माइक्रोमा रहेका केसी गौशालाको ओरालोमा लडेका थिए।