हराएका राई मृत फेला
- मंसिर ९, २०७३
- ब्लाष्ट खबर
उर्लाबारी (मोरङ)/मोरङको बयरबन–९ बस्ने २२ वर्षीय गणेश राई बुधबार साँझ मृत अवस्थामा भेटिएका छन् ।
मङ्गलबार बेलुका घरबाट हिँडेका राई नफर्किएपछि खोजी गर्ने क्रममा बुधबार साँझ बयरबनस्थित फलैँचा चोकमा उनी मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए । रासस