-
Home
-
सिनेमा
-
अध्यक्ष केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख
अध्यक्ष केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख
- मंसिर ९, २०७३
- ब्लाष्ट खबर
काठमाडौँ/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ ।
बुधबार माइक्रोबस चढेर गौशालाबाट चावहिलतर्फ जाँदै गरेको अवस्थामा गौशालामा दुर्घटनामा परेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिए ।
उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएका अध्यक्ष केसीको ढाड दुखेकाले चिकित्सकले फिजियोथेरापीका लागि सुझाव दिएका छन् भने अन्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका ७६ वर्षीय नेता केसीको टाउको र ढाडमा चोट लागेको थियो । डा अमित थापको समूह उनको उपचारमा संलग्न छ । रासस