Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • जेठभरमा निर्वाचन हुने

जेठभरमा निर्वाचन हुने

  • माघ २१, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/निर्वाचन आयोगले आगामी जेठभरमा चुनाव गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले बिहीबार गरेको निर्णयले अब निर्वाचनको तयारी गर्ने वातावरण बनेको बताए । मुलुकमा स्थानीय निर्वाचन नभएको करिब १९ वर्ष र स्थानीय निकाय जनप्रतिविहीन भएको करिब १४ वर्ष भइसकेको छ । रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा अब आयोगले निर्वाचनको तयारी गर्ने बताउँदै डा यादवले भने, “सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले हामीलाई निर्वाचनका लागि तयारी गर्न बाटो खुलेको छ, हामी अब तयारीमा जुट्छौँ ।” डा यादवले स्थानीय निर्वाचनका लागि मतदान केन्द्र कहाँ राख्ने, मतदान अधिकृत कसरी खटाउने, मतपत्र कस्तो हुने र कसरी छाप्ने लगायतका कुरा टुङ्गो लगाउनका लागि सरकारले पठाउने पत्र हेरेपछि मात्रै थप कुरामा निर्णय लिन सकिने बताए । उनले चुनावसम्बन्धी बाँकी काम तत्काल गर्न सरकारलाई विभिन्न दलसँग सहकार्य गर्न सुझाव दिए । डा यादवले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नहुनु दुःखद् भएको बताउँदै सो आयोगको प्रतिवेदन समयमै पाए मतदानस्थल कहाँ राख्नेलगायत प्राविधिक विषयमा निर्णय लिन सजिलो हुने थियो भने । उनका अनुसार आयोग चुनावको तयारीमा जुटिसकेको छ । “सरकारले भनेकै मितिमा चुनाव गर्न सकिने छ”, उनले भने, “सरकारले मिति नतोकी चुनावको तयारी गर्न पठाएको पत्रले केही अन्योल थपेको छ । ” उनका अनुसार निर्वाचनका लागि करिब चार महिनाको समयावधि आवश्यक चाहिन्छ र एकै दिनमा सम्भव नभएकाले दुई वा तीन चरणमा प्रत्यक्ष चुनाव गर्नुपर्छ । प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४९ र २०५४मा स्थानीय निकायको निर्वाचन भएकामा पछिल्लो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिको कार्यावधि विसं २०५९मा सकिएको थियो ।

रासस

सम्बन्धित समाचार
राजनीतिक संरक्षणमा मिटरब्याज धन्दा

विराटनगर । मोरङ कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदु कामत चक्रवर्ती ब्याज (म ...

समर्पणको भावले सेवा गर्ने वडासदस्य गिरी

धरान । इटहरी उपमहानगरपालिका–५ का वडासदस्य गोपाल गिरी न त धेरै बोलेर चर्चामा ...

यी हुन् सुनसरीका ओझेलमा रहेका पर्यटकीय क्षेत्र

विषय प्रवेश साविकको भरौल गाउँ विकास समिति (गाविस) क्षेत्रमा पर्ने चारक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
राजनीतिक संरक्षणमा मिटरब्याज धन्दा
समर्पणको भावले सेवा गर्ने वडासदस्य गिरी
यी हुन् सुनसरीका ओझेलमा रहेका पर्यटकीय क्षेत्र
नेवार समुदायका युवालाई धाः बाजा तालिम
राजनीतिमा भण्डारीको पुनरागमन घोषणाः शुभ सङ्केत कि अशुभ ?
आजको राशिफलः २०८२ साल असार १६ गते सोमबार
महिला फुटबल प्रतियोगिताको उपाधि धरान लेडिज क्लबलाई
अब निजी र सामुदायिक विद्यालयमा २ वर्षे ईसीडी अनिवार्य
आजको राशिफलः २०८२ साल असार १५ गते आइतबार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ
कोशीटप्पु क्षेत्रबाट विस्थापितलाई न्याय देऊ
इटहरी उपमहानगरको बजेट २ अर्ब ५५ करोडः मजदुर र सामान्य नागरिकलाई बजेटले समेटेन
भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषध र सवारी साधनसहित चारजना पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved