पथरी/मेची–महाकाली अभियान अन्तरगत आइतबार पथरीको लोकतान्त्रीक चौकमाकोण सभामालाई सम्बोधन गर्दै सभाका प्रमुख अतिथि पार्टीका महासचिव इश्वर पोख्रेलले सविधान सम्शोधन कुनै हालतमा गर्न नदिने बताए ।
उनले नेपालमा बोलिने सवै मातृभाषाहरु राष्ट्र भाषा हुनु पर्छ । यस १ नम्बर प्रदेशमा नेपाली भाषाबाहेक लिम्बू,राई भाषा पनि सरकारी कामकाजको भाषा हुन सक्ने बताउँदै सविधान सम्शोधन गर्नु आवश्यक नभएको बताए ।
उनले भने–‘संबिधान किन सम्शोधन गर्न खोजिएको मुलकुरा हिन्दी भाषालाई मातृभाषामा सुचिकृत गर्ने र त्यसलाई तराई क्षेत्रको सम्पर्क भाषाकारुपमा सुचिकृत गर्न खोजिन्दैछ ।’
सभामा वयरवन,हसन्दह,अमरदह,केरौन, पथरीशनिश्चे र जाँतेबाट सहभागी हुन आएका पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गरेका थिए ।
सभामा उर्लाबारीबाट आएका पार्टीका अध्यक्ष केपीशर्मा ओली,पूर्व मन्त्रिी झलनाथ खनाल,पूर्व मन्त्रि माधवकुमार नेपाललगाएत स्टेजमा गएर हात हल्लाउनु मात्र पाएका थिए ।
जिल्ला कमिटिका सदस्य भोला अधिकारीले संचालन गरेको कार्यक्रममा क्षेत्र नम्ब २ का सभासद तथा जिल्ला सदस्य चण्डीप्रसाद राईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रदेश नम्बर १ का सदस्य रामकुमार बस्नेत पनि अतिथि रहेका थिए ।
आइतबार विहान दमकबाट अघि बढेको एमालेको मेची–महाकाली अभियान उर्लाबारी, पथरीमा कोण सभा गर्दै कोनेपोखरी, बेलबारी हुँदै बिराटचौक सभामा पुगेको थियो । मोरङमा माओवादी केन्द्रका राष्ट्रिय परिषद् सदस्य पनि एमालेमा प्रवेश पथरी/शनिबारदेखि सुरु भएको नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानमा पार्टी प्रवेशको लहर चलेको छ ।अभियानको पहिलो दिन हजारभन्दा बढी र दोस्रो दिन,पथरी र बिराटचौको सभामा तीन सय जना भन्दा बढी एमाले प्रवेश गरेका छन् ।
अभियानअन्तर्गत आइतबार मोरङको विराट चोकमा आयोजित जनसभामा सत्तारुढ नेकपा माओवादी केन्द्रका राष्ट्रिय परिषद् सदस्य भोला दाहाल र क्षेत्रीय कमिटीका इन्चार्ज गोविन्द बस्नेतसहित नेपाली काँग्रेस, राप्रपा र संघीय समाजवादी फोरम परित्याग गरी ३ सय पार्टी प्रवेश गरेको एमाले मोरङका अध्यक्ष विनोद ढकालले बताए ।
कार्यक्रममा नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले हजारौंको सहभागिताका बीच अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।त्यसैगरी पथरीको कोणसभामा पनि बिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । माओबादी केन्द्रको जिम्बेवार पद सम्हालेका व्यक्ति एमालेमा प्रवेश गरेको हो ।
यसरी पार्टी प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका धु्रव बस्नेत रहेका छन् । उनि नेपाल उद्योग संगठन पथरीका अध्यक्ष हुन । त्यसैगरी माओवादी केन्द्र बाटै मगर संघ कमिटि पथरीका उपाध्यक्ष भक्तथापा मगर, बयरवन ८ विहिबारेका चन्द्र खड्का, पथरीशनिश्चरे नपाका पुण्य दाहाल,मित्र आर्चाय,सोमराज राई र अर्जुनदेव राई प्रवेश गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसबाट चिरिन्जीवी कार्की,संघिय समाजबादीबाट मनराम माझी र स्वतन्त्रबाट किरण माझी,रुमणी दाहाल,सरोज माझी,मनकुमार राई र काजीमान खाती प्रवेश गरेका थिए । नयाँ प्रवेशीलाई पार्टीका महासचिव इश्वर पोख्रेलले अविरको टिका लगाएर स्वागत गरेका थिए ।