धरान/धरान स्थित कृषि उपज बजार स्थलका ब्यापारीहरुले धनकुटाको तमोरमा रहेको बिश्रान्ति बृद्धा आश्रम र धरानको छाताचौकमा रहेको अपाङग आश्रमलाई खाद्यन्न तथा पाठ्य सामाग्रि बितरण गरेका छन् ।

उनीहरुले बृद्धा आश्रममा तरकारी जन्य खानेकुरा र अपाङग आश्रममा तरकारी,खाद्यन्न तथा शैक्षिक सामाग्रि वितरण गरेका हुन् । कृषि बजारका ब्यापारी तथा मजुदुरहरुको सहयोगमा आश्रम र केन्द्रलाई सहयोग गरिएको मनिष गुरुङले जानकारी दिए ।