पहिलो चरणको निर्वाचनको मतगणना बिहीबार साँझबाट
- मंसिर २१, २०७४
- ब्लाष्ट खबर
धरान/मंसिर १० मा सम्पन्न पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मतगणना बिहीबार साँझबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
बिहीबार भइरहेको दोस्रो चरणको निर्वाचनको पनि सहमति जुटेमा आजैबाट सुरु गरिने बताएको छ । नत्र शुक्रबारदेखि मात्रै सुरु हुने बताएको छ । प्रत्यक्ष तर्फ ४ दिन भित्र र समानुपातिकको ८ दिन भित्र मतपरिणाम आउने व्यवस्था गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
आयोगले निर्वाचन स्थलबाट मतपेटिकाहरु समयमा व्यवस्थापन हुन सकेमा दोस्रो चरणमा भएको ४५ जिल्लाको मतगणना पनि सुरु हुने छ । गणना स्थलको सम्पूर्ण सुरक्षाको जिम्मा मूख्य निर्वाचन अधिकृतलाई दिइएको जनाइएको छ ।