सबैभन्दा पहिला कहाँकाे अाउला मत परिणाम ?
- मंसिर २१, २०७४
- ब्लाष्ट खबर
काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणना सुरु भएसँगै कुन जिल्लाको परिणाम पहिला सार्वजनिक होला भन्ने चासो बढेको छ । सवैभन्दा कम मतदाता रहेको मनाङ र मुस्ताङको परिणाम सवैभन्दा पहिला आउने सम्भावना रहेको छ । मनाङमा ५ हजार र मुस्ताङमा ६ हजारको हाराहारीमा मत खसेका थिए ।
यसैवीच मुस्ताङमा चार समूह बनाएर मत गणना भैरहेको प्रमुख निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको दुई दुई स्थान तोकेर मतगणना चलिरहेको छ । दुबैसभाको गणना सकिएपछि समानुपातिकको गणना हुने अधिकृत त्रिपाठीले बताए । एउटामात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका ५ जना गरी ८ जना उम्मेदवार उठेका थिए ।
मुस्ताङमा ९ हजार ४ सय २७ मतदातामध्ये ६ हजार ७ सय ७३ जनाले भोट दिएका थिए । यसैवीच कुनै अवरोध नभएमा राति १ बजेसम्म सबै मतपरिणाम आइसक्ने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।