विजयपुर/प्यारालाईसीस भएर अशक्त भएका एक मजदुरको घर निर्माणकालागि सहयोग समिती गठन भएको छ ।मजदुर पुण्य प्रसाद प्याकुरेलको घर निर्माणकालागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका संयोजक कमल भट्टराई संयोजक र पत्रकार विकास चाम्लिङ राई सदस्य सचिव रहेको १३ सदस्यि समिती गठन भएको हो ।
[caption id="attachment_63731" align="alignleft" width="557"]
दुर्घटनामा परि घाईते भएका प्याकुरेल प्यारालाईसेस भएपछि आफन्तको घरमा आश्रय लिएर बसेका छन् । उनको धरान १५ स्थित युएन मार्गमा रहेको जमिनमा घर निर्माणकालागि समितीले सहयोग जुटाएर काम सुरु गर्ने संयोजक कमल भट्टराईले जानकारी दिए ।
पुण्य प्याकुरेल सहयोग समितीको सल्लाहकारमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राई,पत्रकार जनकऋषि राई,हिमाल राई,एमाले धरानका कार्यवहाक अध्यक्ष नारायण प्रसाद सुबेदी,मुक्तिनाथ गिरि सल्लाहकार रहेका छन् ।समितीको सदस्यमा पत्रकारहरु रोहीत राई,योगेशबाबु काफ्ले,धिरेन लिम्बु,रणध्वज लोहार, रहेका छन् ।
त्यसैगरि मजदुर संगठनबाट लक्ष्मि बानीया,अम्बास अन्सारी,बालकुामार श्रेष्ठ,रबिन अधिकारी,दिपक बनेपानी,चिना चौहान सदस्य रहेका छन् ।प्याकुरेलको घर निर्माणका लागि संखुवासभाका सन्तोष राईले जस्तापाता,क्युपेक नेपालका मजदुर हस्तराज श्रेष्ठले १० हजार,कमल काफ्लेले ५ हजार र डिक बहादुर मगरले ५ हजार सहयोग गरेका छन् भने ,इसाई समाज धरानले एक ट्रक इटा सहयोग गर्ने भएको छ । प्याकुरेललाई सहयोगका लागि धरानका पत्रकारहरुले देउसीपनि खेलेका थिए ।