धरान । सुनसरी १ मा संघिय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईलाई एमालेका नेता जयकुमार राईले भारी मतान्तरले पछाडि पारीरहेका छन् । भर्खरै प्राप्त ताजा मत परिणाम अनुसार एमालेका जयकुमा राई संसफोका अशोक राई भन्दा ४ हजार ९ सय ३७ मतले अगाडी रहेका छन् । उनले ९,४२४ मत प्राप्त गरेका छन् भने अशोक राईले ४,४८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै सुनसरी १ क धरान क्षेत्रमा पनि एमालेका प्रदिप भण्डारीले अग्रता लिइरहेका छन् । भण्डारीले ७,५५६ र कांग्रेसका किशोर राईले ६,००१ मत प्राप्त गरेका छन् ।