बेलबारी । मोरङको बेलबारी १० स्थित भाउन्ने सडक खण्डमा आईतवार दिउँशो ३ बजे भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मोरङ उर्लाबारी ४ निवासी ३० वर्षिया सुजन मादेन र मिक्लाजुङ ५ निवासी २८ वर्षिया गोपी राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । पूर्वबाट पश्चिम तिर जाँदै गरेको को १ ख ४०१४ नम्वरको यात्रुवसले विपरित दिशाबाट आउँदै गरेको को २१ प ७९५ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा दुर्घटना भएको थियो । दुर्घटनामा परि घाईतेहरुको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले वसका चालक सुन्दरहरैंचा ३ बस्ने शंकर चौधरीलाई नियन्त्रणमा लिएको छ ।