धरान / धरान उपमहानगरपालिका ११ मकालु बस्तीमा एक ५७ बर्षिय वृद्धले आत्महत्या गरेकीछन् ।  आज दिउसो पुत्रमाया राईले घरदेखि १ किमी टाडा जंगलमा पटुकीको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
सामान्य परिवारकी ती महिलाले आत्महत्या गर्नु पर्ने कारण भने खुलेको छैन् । उनका साथबाट दम रोगीले प्रयोग गर्ने मुख स्प्रे फेला परेको प्रहरीले जनाएको छ ।