बेलबारी । मोरङको बेलबारी नगरपालिकाको आयोजना तथा सिविआरको प्राविधिक सहयोगमा अपांगता भएकाहरुलाई ह्वील चीयर तथा टूाई साईकल मंगलवार वितरण गरिएको छ ।
बेलबारी नगरपालिकाका ५९ जना शारीरिक अपांगता भएकाहरुलाई उक्त सामाग्री वितरण गरिएको हो । नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले अपांगता भएका व्यक्तिहरुलाई ह्वील चीयर तथा टूाई साईकल वितरण गरेका थिए । राष्टिूय अपांगता पुनस्थापना समाज काठमाण्डौको सहयोगमा संचालन भएको दुई दिने कार्यक्रममा १० वटा ह्वील चीयर , ३ वटा टूाई साईकल, १ वटा लोकल टूाईसाईकल, ५ वटा वाकर र विशेष कुर्सी , कृतिम खुट्टा, लठ्ठी लगायतका सामाग्रीहरु वितरण गरिएको थियो । कार्यक्रम अपांगता भएका व्यक्तिहरुको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।