उदयपुर/उदयपुरका रौतामाईको टेकबहादुर पाठकले सुन्तला नर्सरीबाट लाखौँको आम्दानी गर्दै आएका छन् ।

रौतामाइ गाउँपालिका–४ सल्लेका पाठकले सुन्तला नर्सरीबाट लाखौँको आम्दानी गर्दै आएको हो । परापूर्वकालदेखिनै पुर्खाहरूले कृषी गर्दै आए पनि आधुनिक व्यवसायिक कृषी भने ६० साल देखि गर्दै आएको पाठकले बताए ।

कृषी व्यवसायमा पनि अन्य कृषी व्यवसायभन्दा फरक किसिमले नर्सरी उत्पादनमा लागेको उनले बताए । व्यवसायिक कृषी पेसाको कुनै ज्ञान नभए पनि आफूले हण्डर खेपेको कारण स्थानीयबासीहरूलाई सेवा दिने उद्देश्यले कोलबारी सुन्तला जात फलफूल नर्सरी फर्म दर्ता गरी व्यवसाय गर्दै आएको पाठकले बताए ।

नर्सरी फर्ममा एक सय ५० माउ बोट र करिब ३० हजार सुन्तला नर्सरी रहेको पाठकले बताए । अहिले भने पाठकले सुन्तलाको मात्रै नभई कागतीको पनि नर्सरी उत्पादन गर्दै आएको छ । धेरै विधिबाट नर्सरी उत्पादन गर्न सकिने भए पनि विशेष महत्वका साथ बिजु प्रविधिलाई नै ध्यान दिएको पाठकले बताए ।

पाठकले बिजु, गुटेलेरिङ र ग्राफ्टिङ सिस्टमबाट नर्सरी उत्पादन गर्दै आए पनि सबैभन्दा बढी बिजुका नर्सरीमात्र कृषकहरूले रुचाउने उनले बताए । बिजुबाट फलेको फल त्यति राम्रो नभए पनि स्वादिलो र रसिलो हुने भएकाले बिजुको नर्सरी नै रुचाउने गरेको पाठकले बताए ।

स्थानीय गाउँघरबाट जिल्लाका विभिन्न ठाउँ र अन्य जिल्लाबाट समेत नर्सरीको लागि कृषकहरू आउने गरेको पाठकले बताए । माघ लागेसँगै नर्सरीको माग बढ्ने गरेको उनको भनाइ छ । अधिकांश मझौले, धोद्रे, निगाले, डाँडागाउँ, डिल्लीबर, मादले, ओख्ले, लेखानीलगायत सुन्तला जोन घोषणा गरिएको ठाउँहरूमा नर्सरी जाने गरेको पाठकले बताए । 

जिल्ला बाहिर छिमेकी जिल्ला खोटाङको अधिकांश सुन्तला हुने भू–भाग र भोजपुरका केही गाउँमा समेत नर्सरी पुग्ने गरेको पाठकले बताए ।

नर्सरी उत्पादनमा तीव्रता दिएको भए पनि मागअनुसार पुर्याउन नसकिराखेको पाठकले बताए । उक्त उत्पादन गर्न पाकेको गोठे मल र माटोको मात्रा मिलाई त्यसलाई सोलार सिस्टममा माटो पकाई बेर्नाको टनेला बनाएर बीउ रोप्ने गर्नु पर्ने पाठकले बताए । कसैलाई झन्झटिला लाग्ने भए पनि काम गर्दै जाँदा रमाइलो लाग्दै जाने पाठकले बताए ।

नर्सरी उत्पादनले घरपरिवार चलाउन र छोराछोरी पढाउन राम्रो पुगे पनि कृषी फर्मको लागि सरकारले केही सहयोग नगरेको पाठकको गुनासो रहेको छ । पाठकले भने मलाइ सहज छ खान लाउन पुगेको छ, छोराछोरी पढाउन र खान दिन पुगेको छ ।

‘तर पनि सरकारले कृषकहरूको संरक्षण गर्न नसक्ने रहेछ’ उनले भने । बाबुबाजेको पेसा नै कृषी भएकाले मैले पनि शुरुमा कृषी नै सिकेको थिए । तर पछि आएर २२ वर्ष किराना पसल पनि गरे । पसलले घरपरिवार नै धान्न गाह्रो भएपछि अलिक फरक तरिकाले कृषीमा फर्कने सोच बनाएर सुन्तलाको नर्सरी खोज्न जाँदा कतै पाइन ।

पहिलो पटक धनकुटाबाट सुन्तलाको नर्सरी ल्याए रोपे त्यो सानो कृषकको लागि ज्यादै खर्चिलो भएकाले स्थानीय कृषकलाई मलाइजस्तो दुःख नहोस् भन्ने हेतूले आफैले नर्सरी उतपादन गर्न शुरु गरेको पाठकले बताए ।

‘पैसा कमाउन विदेश नै जान नपर्ने रहेछ । पुरानो कृषी पेसालाई अलिक फरक तरिकाले गर्दा यही हुँदो रहेछ ।’ उनले भने । फलफूल खाँदा स्वास्थ्य पनि भइने र आम्दानी पनि गर्न सकिने भएकाले नव पिँढीहरूलाई पनि व्यवसायिक कृषी गर्न सिकाउनु पर्ने पाठकले बताए ।

कृषी गर्दा शारीरिक कसरत हुने भएकाले स्वास्थ्य रहिने अनि आफ्नै बारीमा फलेको अर्गानिक फल तथा सागसब्जीले गर्दा सधै स्वास्थ्य रहन सकिने पाठकले बताए ।