धरान / धरानका रमेश प्रसाई एपी वानबाट प्रसारित पब्लिक स्पिकरका विजेता बन्न सफल भएका छन् । रमेशले फाइनलमा देशका अन्य ५ प्रतिष्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् ।
विजेता प्रसाईले नगद तीन लाख, ट्रफीका साथै विदेश सयर गर्न पाउनु हुनेछ । यस्तै फस्ट रनर अफ काठमाण्डौका प्रणव काफ्ले र सेकेन्ड रनरअफ मानसी ठाकुर भएकी छन् ।
एक्रिटिभ मिडियाद्वारा आयोजना भएको प्रतियोगताको माघ १० र ११ गते भएको फाइनलमा अन्य पाच जनालाई पछि पार्र्दै रमेश विजता बनेका हुन् । रमेशल पब्लिक स्पीकरको विजेतासंगै पब्लिक च्वाई अवार्डको उपाधि समेत जित्न सफल भएका छन् । प्रतियोगितामा देशभरका १२ स्थानबाट १हजार एकसयल प्रतिष्पर्धा गरेका थिए ।
काे हुन रमेश
हरेक मानिससँग फरक क्षमता हुन्छ । त्यहि क्षमता चिनेर प्रर्दशन गर्न सकियो भने सबैलाई चकित तुल्याउन सक्दोरहेछ । यस्तै फरक क्षमताका दुई युवाहरु (आरजे जोडी ) अर्थात रमेश प्रसाई र जीवन बिष्ट यी दुई युवाको अदभुत क्षमतालाई देख्ने र सुन्ने जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन ।
गीत लेखन,गायन,कविता,गजल लेखन लगायत क्यारिकेचर गर्न खम्पिस यो जोडीले यतिबेला राम्रै चर्चा पाएको छ । यो जोडी सुनसरीको धरानमा रहेर बिभिन्न रेडियोमा कार्यक्रम उत्पादन र प्रस्तुति समेत गरिरहेको छ । यी दुवै युवा ब्रेल लिपीको सहारामा स्नातक अध्यायनरत रहेका छन तर अचम्मको कुरा राज्यले दिने कुनैपनि सेवासुबिधा उनीहरु ग्रहण गर्न चहादैनन । आफुलाई दृष्टिबिहिन भन्दा पनि फरक क्षमता भएको र अन्य ब्यत्तिभन्दा आफुहरु कुने कुरामा कम नभएको उनीहरु बताउँछन ।
झापाको मेचिनगरका रमेश प्रसाँई सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्यायनरत रहेका छन । उनी गीत लेख्न र गाउन मात्रै होईन क्यारिकेचर गर्न समेत माहिर रहेका छन । उनी प्रायजसो सबै नेता र कलाकारहरुको नक्कल अर्थात (क्यारिकेचर) गर्न सक्छन । यी फरक क्षमताका रमेशको प्राध्यापक बन्ने रहर रहेछ ।