विराटनगर / जिल्लामा सबैभन्दा बढी फरार भएका अभियुक्त पक्राउ गर्ने इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्की उत्कृष्ट प्रहरी घोषित भएका छन् । मोरङ प्रहरीले कार्कीलाई २०७५ सालको ‘पुस’ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
अदालतबाट फैसला भई विभिन्न मुद्दामा कैद सजाए पाएर लामो समयदेखी फरार भएका १ सय १५ जना अभियुक्तलाई इप्रका रङ्गेलीले पक्राउ गरेको थियो । अदालतले गरेको फैसलालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुको साथै चोरी, तस्करी एवं जघन्य प्रवृतिको कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादीलाई रङ्गेली प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले पुस महिनामा मात्रै ३ सय २६ जना फरार अभियुक्तलाई पक्राउ गरेको थियो । जसमध्ये सबैभन्दा बढी रङगेलीले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।