Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • खेलकुद
  • नेपाल विश्वपकमा छनोट हुन सकेन

नेपाल विश्वपकमा छनोट हुन सकेन

alt
  • वैशाख ५, २०७६
  • रासस
 
धरान / मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ एक दिवसीय विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । आज भएको अन्तिम खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गरे पनि विश्वपकमा भने छनोट हुन सकेन ।
क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा ग¥यो । नेपालको जीतमा रित गौतम र पवन सर्राफले अर्धशतकीय इनिङ्स खेले । पहिलो विकेटका लागि रित र पवनले ९३ रनको साझेदारी गरेका थिए । रित ६२ रनमा आउट हुँदा पवनले ५३ रन बनाए ।
 
यस्तै आसिफ शेखले अविजित ३३ रन बनाए । कुवेतका अब्दुल शादिक र हमुद अमनउल्लाहले एक÷एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले १९ ओभर चार बलमा अलआउट हुँदै १५७ रन बनाएको थियो । कुवेतका लागि नोमन बुन्द्रोले ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै गोकुल कुमारले ३६ तथा हमुद अमनउल्लाहले १७ र मिट भाब्सरले १० रन बनाएका थिए । नेपालका कप्तान रोहित कुमार पौडेलले तीन विकेट लिए ।
 
यस्तै कुशल मल्ल, सूर्य तामाङ र राशिद खानले समान दुई÷दुई विकेट लिए । कुवेतलाई पराजित गरे पनि नेपाल विश्वकपमा छनोट हुन सकेन । नेपालले दोस्रो स्थानमा रहेर छनोट खेल सकाएको छ । नेपालले पाँच खेलमा चारमा जीत र एक हारसहित आठ अङ्क जोड्न सफल भयो । छनोटबाट संयुक्त अबर इमिरेट् (युएइ) पाँच खेलबाट पाँचमै जीत निकाल्दै विश्वकपमा छनोट भएको छ । छनोटमा नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनले पराजित गरेकामा दोस्रो खेलमा युएईसँग एक रनले पराजित भएको थियो । यस्तै नेपालले तेस्रो खेलमा मलेसियालाई आठ विकेट र चौथो खेलमा ओमानलाई १५० रनले हराएको थियो ।
सम्बन्धित समाचार
सांसद् पत्नी जोडिएको ठगी मुद्दाः १३ पटक स्थगन

विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको २२ करोडभन्दा बढी रक ...

अरबमा बन्धक बनाई नेपालमा ठगी

भद्रपुर । वैदेशिक रोजगारीअन्तर्गत अरबको खाडीमा रहेका आफन्तलाई बन्धक बनाएको ...

वर्षाले भत्कायो छिन्नमस्ता मन्दिर

वराहक्षेत्र । लगातारको वर्षाका कारण रूख ढलेर वराहक्षेत्र नगरपालिका–१ खहरेमा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सांसद् पत्नी जोडिएको ठगी मुद्दाः १३ पटक स्थगन
अरबमा बन्धक बनाई नेपालमा ठगी
वर्षाले भत्कायो छिन्नमस्ता मन्दिर
विद्यालयको कक्षा कोठामा पानी चुहिएपछि पढाइमा बाधा
सुधार गृह ‘सुधार’ गरौं
आजको राशिफलः २०८२ साल साउन ३० गते शुक्रबार
हुलाकी सडक निर्माण सुस्तः ठेकेदारलाई सोधियो स्पष्टीकरण
करणी र बालयौन दुराचार आरोपमा दुई पक्राउ
‘इटहरी उपमहानगरमा आर्थिक अनियमितता र चुहावट’
भद्रपुर म्याराथुनमा पुष्पा र करुण विजेता
‘अवशिष्ट अधिकार’ र नगरप्रमुखको कानूनी ज्ञानको प्रश्न
आजको राशिफलः २०८२ साल साउन २९ गते बिहीबार
विराटनगरको बाल सुधार गृहमा झडप, एक प्रहरी हवल्दार घाइते
पहिरोमा परी इलाममा एक जनाको मृत्यु
धरानमा कोरा राइड साइकलिङ च्यालेन्ज हुने
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
टिकटकको नयाँ फिचर्स सेवा सुरु
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved