चतरा / सुनसरीको बराहक्षेत्र–८ सैनिक टोलबाट हिजो प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले धारिलो हतियार र लागु औषधसहित धरान– १७ का २६ का सुबोज खड्कालाई पक्राउ गरेको हो ।

धरान तर्फ जाँदै गरेको बा ६९ प २८३८ नम्बरको मोटरसाईकलमा सवार रहेका खड्कालाई चेकजाँच गर्ने क्रममा लागूऔषध एभिल–६७ एम्पुल, डाईजेल्याव–६९ एम्पुल, नाईट्रोसन ट्याबलेट–२२८ चक्की, नुफिन–६८ एम्पुल, स्पास्मोप्रोक्सिभन–६८ क्याप्सुल, ल्यापटप–१ थान, चक्कु–१ थान र मोबाईल–२ थान सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर जीवन तामाङले जानकारी दिए । आज जिल्ला अदालतबबाट म्याद थप गरि थप अनुसन्धान थालिएको प्रहरलिे जनाएको छ ।