ब्लाष्टखबर ।लालबन्दी नगरपालिका-१ मा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूह बीच दाेहाेराे भिडन्त भएकाे छ । भिडन्तमा विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ।
लखनदेही नदी नजिकै नेपाल प्रहरीको गस्ती टोलीमाथि पाँचजनाको समूहमा अाएका विप्लवका कार्यकर्ताहरुले गोली चलाए पछि प्रहरीले जवाफी फायरिङ गर्दा सर्लाही जिल्ला इन्चार्ज पौडेलको मृत्यु भएको प्रहरी जनाएको छ।
घटनास्थलबाट प्रहरीले सिक्सर पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र दुईवटा मोटरसाइकल फेला पारेको छ। गोली चलाउने अन्य चार जना फरार रहेकाेले उनिहरकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।