देउराली । धरान उपमाहानगरपालिका वडा नम्बर ८ स्थित तिनकुनेमा प्रहरीले लागुऔषध सहित एक जना पक्राउ गरेकाे छ ।
तिनकुने स्थित कोशी राजमार्गमा बिहिबार इटहरीबाट धरान तर्फ आउदैगरेको यात्रुवाहक बसमा प्रहरीले शंकाको आधारमा चेकजाच गर्ने क्रममा धरान उपमहानगरपालिका –१५ बस्ने वर्ष २१का सुरज तामाङलाई लागुऔषध सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
तामाङको साथबाट एभिल १० एम्पुल, डाईजेलाब १० एम्पुल, लुपिजेसिक १० एम्पुल समेत फेला परेकाले बरामद गरेको कार्यालयले जानकारी दिएको छ ।
पक्राउ परेका तामाङलाई लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको इलाका प्रहरीकार्यालय धरानले जनाएको छ ।