उदयपुर । त्रियुगा नगरपालिकाको कार्यालय परिसर भित्र कुकर बम फेला परेको छ । रातो झोला भित्र काटुनमा राखेको अवस्थामा कुकर बम शुक्रबार फेला परेको हो ।
विहान करिब ६ः३० बजे कार्यालय सरसफाई गर्ने क्रममा फोहर संकलकले संखास्पद वस्तु भेटाएपछि प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ । जानकारी पाए लगतै प्रहरी टोलीले घटना स्थललाई सुरक्षीत बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा भित्र रहेको संखास्पद बस्तुको डिस्पोज १८ नम्बर बाहिनी भुल्केका नेपाली सेनाको डिस्पोजल टोलीले गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरले बताए ।
बम कस्ले राखेको भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।