भद्रपुर । वडा प्रहरी कार्यालय भद्रपुरले अनुमानित १ लाख रुपैयाँ मूल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध बाटो प्रयोग गरी नेपाल भिœयाउँदै गरेको कपडा वुधबार विहान भद्रपुर ५ स्थित मेची किनारबाट बरामद गरिएको वडाका इन्सपेक्टर यमकुमार श्रेष्ठले जनाए ।
वडाबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न प्रकारका कपडा बरामद गरी आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।